(१) नियम १२ को उपनियम (२) को प्रयोजनको लागि कार्य अनुभव वापत देहाय बमोजिम बढीमा बीस अंक दिइनेछः–
(क) “क” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे वापत वर्षको आठ अङ्क र अन्य क्षेत्रमा काम गरे वापत वर्षको दश अङ्कका दरले,
(ख) “ख” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे वापत वर्षको छ अङ्क र अन्य क्षेत्रमा काम गरे वापत वर्षको आठ अङ्कका दरले,
(ग) “ग” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे वापत वर्षको तीन अङ्क र अन्य क्षेत्रमा काम गरे वापत वर्षको पा“च अङ्कका दरले,
(घ) “घ” वर्गको जिल्लाको जिल्ला सदरमुकाम वा नगरपालिका क्षेत्रमा काम गरे वापत वर्षको एक अङ्क र अन्य क्षेत्रमा काम गरे वापत वर्षको दुई अङ्कका दरले ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “वर्ग” भन्नाले शिक्षा मन्त्रालयले नेपालको भौगोलिक अवस्थालाई विचार गरी तोकेको क्षेत्र
सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको अङ्क प्राप्त गर्न सम्बन्धित व्यक्तिले सम्बन्धित वर्गमा कम्तीमा एक वर्ष रुजु हाजिर भई काम गरेको हुनु पर्नेछ र निजले एक वर्षभन्दा बढी काम गरेको रहेछ भने जति अवधि काम गरेको हो सोही अनुपातमा अङ्क दिइनेछ ।